काठमाडौं – काठमाडौंमा भएको जेनजी आन्दोलनमा १०७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। नेपाल प्रहरीकाअनुसार विभिन्न स्थानबाट एक सय बढी युवाहरू पक्राउ परेका हुन्।
उपत्यका प्रहरी कार्यालयका अनुसार उनीहरूलाई बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।जेनजी पुस्ताले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारसंगै व्यथितिका बारेमा प्रश्न उठाउँदै सोमबार प्रदर्शन गरेका थिए।
जेनजीको आन्दोलनमा देशभरमा १९ जनाको मृत्यु भइसकेको छ भने ३ जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।



About Us
प्रतिक्रिया