जेनजी प्रदर्शन : इटहरी उपमहानगरको कार्यालयमा आगजनी 


काठमाडौं – जेनजीले सुनसरीको इटहरीमा उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन्। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध आन्दोलित युवाहरुले सोमबार दिउँसो आगजनी गरेका हुन् ।

पालिका परिसरमै प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो। त्यसपछि उनीहरुले मेयरको कार्यकक्षसहित राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन्।