काठमाडौं – आर्थिक वर्ष ०८१/८२ मा अधिकांश उत्पादनमूलक कम्पनीहरूको वित्तीय स्वास्थ्यमा सुधार देखिएको छ। सिमेन्ट उद्योगहरूको प्रतिशेयर आम्दानी (इपिएस)मा उल्लेखनीय सुधार देखिएको छ भने पेय पदार्थ उत्पादन गर्न कम्पनीहरूको इपिएस ऋणात्मक छन्।
सूचीकृत कम्पनीहरूले प्रत्येक साधारण शेयरबाट कति नाफा कमाएका छन् बुझ्न इपिएस हेर्ने गरिन्छ। कम्पनीको नाफा दिन सक्ने क्षमता हेर्नका लागि इपिएस महत्त्वपूर्ण सूचकाङ्क हो। यदि कुनै कम्पनीको खुद नाफा १० करोड रुपैयाँ छ र साधारण शेयर संख्या एक करोड छ भने सो कम्पनीको इपिएस प्रति शेयर १० रुपैयाँ हुन्छ।
सोनापुर मिनरल्स एन्ड आयल अघिल्लो वर्ष १५ रुपैयाँ ३२ पैसाको घाटामा थियो । यस वर्ष भने सुधार गर्दै २० पैसा नाफा देखाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत उत्पादन क्षेत्रका ९ कम्पनीहरूले गत को वित्तीय विवरण सार्वजनिक गरेका हुन् । कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको विभिन्न सूचकहरूमा सुधार देखिएको छ भने केही सूचकहरू ऋणात्मक समेत देखिएका छन् । यससँगै उत्पादनमूलक कम्पनीहरूको प्रतिशेयर आम्दानीमा समेत उतारचढाव आएको छ । प्रतिशेयर आम्दानीमा सुधार आएको कम्पनीहरूमा सर्वोत्तम सिमेन्ट र शिवंम् सिमेन्ट छन्।

यी दुई सिमेन्ट कम्पनीहरूले अघिल्लो आवको तुलनामा गत आवमा प्रतिशेयर आम्दानीमा उल्लेख्यरुपले सुधार गरेका छन्। यससँगै ओम मेगाश्री फर्मास्युटिकल्स, युनिलिभर नेपाल र हिमालयन डिष्टिलरी कम्पनीहरूको प्रतिशेयर आम्दानीमा भने खासै घटबढ नआएको तथ्यांकले देखाउँछ। तर, यीबाहेक अन्य ३ कम्पनीहरूको प्रतिशेयर आम्दानी भने गिरावट आएको छ।
यदि कुनै कम्पनीको खुद नाफा १० करोड रुपैयाँ छ र साधारण शेयर संख्या एक करोड छ भने सो कम्पनीको इपिएस प्रति शेयर १० रुपैयाँ हुन्छ ।
तर, सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको अघिल्लो आवमा प्रति शेयर आम्दानी ऋणात्मक रहेकोमा गत आवमा भने सुधार गरेको छ।
सिमेन्ट उद्योग: घाटाबाट नाफामा
सर्वोत्तम सिमेन्टले २० रुपैयाँ १९ पैसाको इपिएस बनाएको छ। अघिल्लो वर्षको ३ रुपैयाँ २१ पैसाबाट गरिएको यो वृद्धि कम्पनीको बजार विस्तार र लागत व्यवस्थापन प्रभावकारी बनेको संकेत हो। शिवम् सिमेन्टले पनि इपिएस पाँच रुपैयाँ १६ पैसाबाट बढाएर १४ रुपैयाँ ५५ पैसा पुर्याएकाे छ। घोराही सिमेन्ट भने अझै घाटामै भए पनि अघिल्लो वर्षको ३१ रुपैयाँ ६८ पैसाको नोक्सान घटाएर १४ रुपैयाँ ४६ पैसामा सीमित गरेको छ, जसलाई सकारात्मक संकेत मानिन्छ ।
पेय पदार्थ कम्पनीः नाफाबाट घाटातर्फ
बोटलर्स नेपाल (बालाजु) ले अघिल्लो वर्षको १ रुपैयाँ ८० पैसाको नाफालाई उल्टाउँदै यस वर्ष १ रुपैयाँ ७७ पैसाको घाटा व्यहोरेको छ । तेस्तै, बोटलर्स नेपाल (तराई) ले ३ रुपैयाँ २९ पैसाको नाफाबाट झरेर ५ रुपैयाँ २ पैसाको घाटा देखाएको छ। बजार प्रतिस्पर्धा र बिक्रीमा आएको गिरावट घाटाको प्रमुख कारण हुन्।
अन्य उत्पादनमूलक कम्पनी
हिमालयन डिष्टिलरीले इपिएस ३२ रुपैयाँ ८ पैसाबाट घटाएर ३१ रुपैयाँ २ पैसा कायम राखेको छ। यो अझै पनि समूहकै सबल कम्पनी हो। युनिलिभर नेपालले २२ रुपैयाँ २९ पैसाबाट २१ रुपैयाँ ७५ पैसामा झरेको छ। ओम मेगाश्रीले स्थिर वृद्धि कायम राख्दै इपिएस १ रुपैयाँ २६ पैसाबाट बढाएर १ रुपैयाँ ४९ पैसा बनाएको छ। सोनापुर मिनरल्स एन्ड आयल अघिल्लो वर्ष १५ रुपैयाँ ३२ पैसाको घाटामा थियो । यस वर्ष भने सुधार गर्दै २० पैसा नाफा देखाएको छ।






About Us
प्रतिक्रिया