काठमाडौं – काठमाडौं र सप्तरीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६, पैयुटार हाइटमा देवेन्द्र मैनालीको घरबाट सुनका विभिन्न गहना र नगदसहित करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
यसैगरी, सप्तरीको राजविराज नगरपालिका-७, खर्साल टोलमा रञ्जित कुमार मण्डलको घरबाट पनि सुनका गहना र नगदसहित करिब २ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीले यी दुवै घटनामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।





About Us
प्रतिक्रिया