सामाजिक सञ्जाल बन्दसँगै ‘फ्री भीपीएन’मा झुम्मिँदै सर्वसाधारण, मोबाइल बैंकिङ्गसँगै अन्य विवरण जोखिममा


काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गरेसँगै निःशुल्करूपमा यत्रतत्र पाइने भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोगमा सर्वसाधारण झुम्मिन थालेका छन् । सरकारले सञ्चार तथा सूचना मन्त्रालयमा दर्ता हुन नआएकोभन्दै सामाजिक सञ्जाल बन्द गरेपछि प्रयोगकर्ता भीपीएनको प्रयोगमा झुम्मिएका हुन् ।

इन्टरनेट सेवा प्रदायकले दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम तोकिएका २६ वटा सामाजिक सञ्जाल प्रतिबन्ध छ । तर, भीपीएनको प्रयोगबाट यी सञ्जालमा ‘एक्सेस’ पाइन्छ । यहीकारण, सरकारलाई माथ दिने लक्ष्यसहित प्रयोगकर्ता जथाभावीरुपमा पाइने भीपीएनमा झुम्मिएका छन् ।

‘ग्राहकले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरेर नगरेको पहिचान गरी आधिकारिक भीपीएन प्रयोग नभए एपमा लग–इन गर्न नमिल्ने व्यवस्था मिलाउनुपर्ने छ’ केन्द्रीय बैंकले निर्देशिकामा भनेको छ ।

फलरुपः फिसिङका लागि राखिएका भीपीएन पहिचानमा कठिनाइ पर्छ । जसले व्यक्तिगत विवरण धरापमा पर्ने गरेको छ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायत २६ सामाजिक सञ्जालहरू भदौ १९ गतेदेखि बन्द गरेको छ । यी कम्पनी सरकारको सम्पर्कमा आए पनि दर्ता प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले तत्काल खुल्ने स्थिति देखिँदैन ।

यहीकारण, प्रयोगकर्ता भीपीएनमा झुम्मिँदा व्यक्तीगत विवरणसहित मोबाइल बैंकिङ्ग, वालेट बैंकिङ्ग लगायतको तथ्यांक र सूचना चुहिने जोखिम बढेको छ । यसबाहेक, साइबर सुरक्षामा जोखिम निम्त्याउने सम्भावना समेत बढेको छ । निशुल्क भीपीएनहरूले प्रयोगकर्ताको व्यक्तिगत डेटा र पासवर्डसम्म सङ्कलन गर्ने गर्दछन् । जसले मोबाइल बैंकिङ्ग ठगी र अन्य साइबर अपराधलाई बढावा दिन्छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिपक राज अवस्थी ह्याकरहरुले निशुल्क भीपीएन प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण लिने बताउँछन् । उनले निशुल्क प्रयोगकर्ताहरुको बैंकको विवरण पनि ‘पियर टु पियर’ नेटवर्कहरुको रुपमा प्रयोग गरेर भविष्यमा ठगीका गतिविधिमा समेत संलग्न हुन सक्ने सभावना बढी हुने बताएका हुन् । उनले यस्ता गतिविधिहरुमा आफु संलग्न नहुदाँ पनि फस्ने सम्भावना रहेका कारण निशुल्क भीपीएन प्रयोग गर्न नहुने उल्लेख गरे ।

भीपीएनमा चल्दैन मोबाइल बैंकिङ्ग, जोखिम कायमै
हाल नेपालमा मोबाइल बैंकिङ्गको प्रयोग तीव्र रूपमा बढिरहेको छ । तर, असुरक्षित भीपीएनको प्रयोगले प्रयोगकर्ताको बैंक खाता विवरण, पासवर्ड र अन्य संवेदनशील जानकारी चोरी हुने जोखिम समेत बढ्दो छ । असुरक्षित भीपीएनको प्रयोगले बढिरहेको जोखिम नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशिका नै संशोधन गरिसकेको छ ।

इन्टरनेट सेवा प्रदायकले दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम तोकिएका २६ वटा सामाजिक सञ्जाल प्रतिबन्ध छ । तर, भीपीएनको प्रयोगबाट यी सञ्जालमा ‘एक्सेस’ पाइन्छ ।

केही महिनाअघि केन्द्रीय बैंकले भुक्तानी प्रणाली विभागले अनुमति पत्रप्राप्त संस्थालाई निर्देशिका जारी गर्दै भीपीएनमार्फत इन्टरनेट चलाउँदा मोबाइल बैंकिङ्गदेखि वालेटका एप्लिकेसन नचल्ने गराएको थियो । ‘ग्राहकले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरेर नगरेको पहिचान गरी आधिकारिक भीपीएन प्रयोग नभए एपमा लग–इन गर्न नमिल्ने व्यवस्था मिलाउनुपर्ने छ’ केन्द्रीय बैंकले निर्देशिकामा भनेको छ ।

काठमाडौं फिनटेकका संस्थापक अध्यक्ष संजीव सुब्बाले नि:शुल्क भीपीएन प्रयोगले मोबाइल बैंकिङ्ग तथा वालेटमा भएका डाटालाई लिने हुँदा ह्याक हुनसक्ने बताए । उनले नेपाल राष्ट्र बैंकले गरेको भीपीएनमार्फत इन्टरनेट चलाउँदा मोबाइल बैंकिङ्गदेखि वालेटका एप्लिकेसन नचल्ने गराउँदा केही हदसम्म कम भएको बताए । उनले प्रयोगकर्ताहरू सचेत नहुँदा पनि भीपीएनको प्रयोगले बैंक खाता विवरण चोरी हुने गरेको बताए ।