काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको ५ प्रतिशतभन्दा धेरै शेयर एउटै व्यक्ती वा समूहले किनमा जानकारी गराउनुपर्ने भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौताको सर्तबमोजिम यो व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।
यससँगै, अब नेप्सेमा सूचीकृत एउटा कम्पनीको ५ प्रतिशतभन्दा बढी शेयर एउटै व्यक्ती वा संस्थाले किनेमा जानकारी गराउनुपर्ने भएको छ । यस्तै, सूचीकृत कम्पनीले सञ्चालक वा अन्य कुनै व्यक्ती वा संस्थार्लाइ नगदको सट्टा शेयर दिएमा समेत जानकारी गराउनुपर्ने भएको छ ।
यसबाहेक प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले सूचीकृत संस्थाको दैनिक काम रोकिएमा, १० करोड रुपैयाँभन्दा बढीको सम्पत्ती खरिद गरेमा वा बिक्री गरेमा, सञ्चालक समिति, लेखा परीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, लेखा विभाग प्रमुख र लेखा परीक्षक हेरफेर भएमा समेत जानकारी गराउन नेप्सेले भनेको छ ।






About Us
प्रतिक्रिया