सोमबारदेखि रिभर फल्स पावरले ७० लाख कित्ता हकप्रद शेयर जारी गर्ने 


काठमाडौं – रिभर फल्स पावर लिमिटेडले १:M१ अनुपातमा ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ। हकप्रद शेयर निष्कासन भदौ २३ गतेदेखि खुला भई असोज १२ गते बैंकिङ्ग समयपछि बन्द हुनेछ। कम्पनीको हालको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ। यसै बराबरको ७० लाख कित्ता साधारण शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा विद्यमान शेयरधनीलाई निष्कासन गर्न लागिएको हो।

कम्पनीले विद्युत् नियमन आयोगबाट हकप्रद शेयर निष्कासनको अनुमति वैशाख २३ गते प्राप्त गरेको थियो। सोपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति २०८२ साउन ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पत्र दर्ता साउन १३ गते गरिएको छ। 

कम्पनीको अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा प्रति शेयर नेटवर्क ९२.८६ रुपैयाँ र प्रति शेयर आम्दानी ऋणात्मक १.२१ रुपैयाँ थियो। सो अवधिमा सञ्चित घाटा करिब ५ करोड रुपैयाँ थियो। २०७९/८० मा नेटवर्क ९१.३३ रुपैयाँ, आम्दानी ऋणात्मक १.५३ रुपैयाँ र सञ्चित घाटा ६ करोड ७१ हजार रुपैयाँ पुगेको थियो। २०८०/८१ मा नेटवर्क १००.३७ रुपैयाँमा सुधारिएको छ भने प्रति शेयर आम्दानी ९.०४ रुपैयाँ र सञ्चित नाफा करिब २५ लाख रुपैयाँ देखिएको छ।

कम्पनीले २०८१/८२ देखि २०८३र८४ सम्मको प्रक्षेपणमा क्रमशः नेटवर्क १०५.३०, १०७.४२ र १०९.०९ रुपैयाँ हुने अनुमान गरेको छ। यस अवधिमा प्रति शेयर आम्दानी ४.९३, ४.७७ र ६.६७ रुपैयाँ रहने र सञ्चित नाफा क्रमशः ३७ हजार, १ लाख ३ हजार र १ लाख २७ हजार रुपैयाँसम्म पुग्ने देखाइएको छ।