काठमाडौं – बैंकिङ्ग कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भई भक्तपुरको चाँगुनारायण बस्ने ३८ वर्षीया रञ्जिता थापा (सिटौला) रहेकी छिन् ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको हो।
उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरी जनाएको छ। थापामाथि करिब १५ लाख रुपैयाँ बिगो रहेको बैंकिङ्ग कसूर मुद्दा रहेको छ। साथै, अनुसन्धानका क्रममा उनीमाथि अन्य दुई मुद्दामा समेत फरार रहेको खुलेको छ।
प्रहरीका अनुसार लैनचौर प्रहरी वृत्तमा दर्ता भएको बैंकिङ्ग कसूर मुद्दामा २७ लाख र जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता मुद्दामा रु ३७ लाख ४९ हजार बिगो रहेको छ।





About Us
प्रतिक्रिया