काठमाडौं – चेक अनादर मुद्दामा फरार राम प्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका भट्टराईलाई काठमाडौं जिल्ला अदालत, बबरमहलले बिगो बापत कैद गर्ने आदेश जारी गरेको थियो।
उक्त आदेशका आधारमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंकाे टोखाबाट पक्राउ गरी सोही अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ पक्राउ परेका ४७ वर्षीय भट्टराई तेह्रथुमको मेन्छयायेमका स्थायी बासिन्दा हुन् । उनलाई दश लाख रुपैयाँ बिगो बापत दुई वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा भट्टराई अन्य बैंकिङ्ग कसुर मुद्दामा समेत फरार रहेको तथ्य खुलेको छ। उनको प्रहरी वृत्त बालाजुमा र प्रहरी वृत्त महाराजगन्जमा बैंकिङ्ग कसुर मुद्दा दर्ता मुद्दामा फरार रहेको खुल्न आएको छ ।



About Us
प्रतिक्रिया