काठमाडौं – बुङ्गल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज भदौ १९ गते (बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेको छ ।
लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले अनलाइन प्रणाली मेरो शेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आज बैकिङ्ग समयभित्र सो आईपीओमा आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया