५० लाख बिगो भएका ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ


काठमाडौं – ठगी सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट सुर्यगढी  घर भएको ३५ वर्षीय प्रकाश तामाङ  रहेका छन् ।        

उनले आफूसँग बहुमूल्य चम्किने ढुङ्गा रहेको र उक्त ढुङ्गा महँगो मूल्यमा बिक्री गर्न सकिन्छ भनी झुक्क्याएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा जिल्ला नुवाकोट विदुर नगरपालिका– २ बाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको पहरीले जनाएको छ ।