काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका ३५ वर्षीय सरोज सुवाल र रौतहटका २७ वर्षीय सिर्जना कार्की रहेका छन् ।
पक्राउ पर्ने मध्ये सुवालले १ जनालाई सर्विया पठाइदिन्छु भन्दै ३ लाख र कार्कीले १ जनालाई रोमानिया पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको प्रहरीले बताएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया