नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब माथि 

‘बैंकिङ्ग समूहमा ०.५५ प्रतिशतको गिरावट’


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से  १५ दशमलव  ५९ अंकले घटेर २७ सय २६ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । 

आज दिनभरिमा ३२६ कम्पनीको १ करोड  १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८०  लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै  हिम स्टार ऊर्जा कम्पनीका  लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.९९ प्रतिशतका दरले गुमाएका छन् ।

आज १२ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.४९ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशत, फाइनान्स समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य घटेको छ ।