काठमाडौं – काठमाडौं गोंगबुबाट स्रोत नखुलेको ३ करोड ७५ लाख नगदसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका ७७ वर्षीय विनोद कुमार श्रेष्ठ रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले बैंकिङ्ग समाचारलाई बताए ।
उनका अनुसार, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले काठमाडौं महानगरपालिका –२६ गोंगबुस्थित श्रेष्ठकै घरबाट ३ करोड ७५ लाख र सुनका गरगहना बरामद गरिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।





About Us
प्रतिक्रिया