काठमाडौं – खराब कर्जा र अनियमितताले केही विकास बैंकहरू धराशायी बनेको बेलामा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले भने लोभलाग्दो प्रगति हासिल गरेका छन् । यी दुई विकास बैंकले तीन वटा वाणिज्य बैंकको भन्दा बढी नाफा आर्जन गरेका हुन् । मुक्तिनाथ र गरिमाले गत आर्थिक वर्ष ०८१/८२ को चौथो त्रैमासमा हिमालयन, सिटिजन्स इन्टरनेसनल र एनआईसी एशियाको खुद नाफालाई पनि उछिनेका हुन् ।
पछिल्लो चरणमा विकास बैंकको व्यवसाय पनि विस्तार हुँदै गइरहेको छ । वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै जाँदा प्रोभिजनिङ पनि बढिरहेको छ ।
गत आर्थिक वर्षमा हिमालयन बैंकले एक अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ, सिटिजन्स बैंकले एक अर्ब २९ करोड ३२ लाख २१ हजार र एनआईसी एशिया बैंकले १६ करोड १५ लाख ७३ हजार रुपैयाँ खुद आर्जन गरेका छन् । मुक्तिनाथ विकास बैंकले एक अर्ब ५३ करोड ७४ लाख ३१ हजार र गरिमा विकास बैंकले एक अर्ब ३१ करोड ३ लाख ९२ हजार खुद नाफा आर्जन गरेका छन्।
पछिल्लो चरणमा विकास बैंकको व्यवसाय पनि विस्तार हुँदै गइरहेको छ । वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै जाँदा प्रोभिजनिङ पनि बढिरहेको छ । तर, विकास बैंकको पुँजी कोषमा सँगै नाफामा पनि सुधार आउँदा वाणिज्य बैंकहरूलाई नै नाफामा पछि पारेको कतिपय बैंकिङ्ग विज्ञहरू बताउँछन् ।
कुनै विकास बैंकको वाणिज्य बैंकको भन्दा बढी राम्रो व्यवसाय र पुँजी कोषमा सहज हुँदा विकास बैंकले बढी नाफा कमाउने गरेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनले हाल वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै जाँदा प्रोभिजनिङ पनि बढिरहेको तर कतिपय विकास बैंकले भने खराब कर्जा र प्रोभिजन घटाउँदा उनीहरूको नाफामा सुधार आएको देखिएको बताएका हुन् ।
कुनै वाणिज्य बैंकको वित्तीय अवस्था बिग्रिएको समयमा व्यवसायमा राम्रो ग्रोथ गरेका विकास बैंकले उछिन्नु सामान्य रहेको उनी बताउँछन् । ‘विकास बैंक भएपछि सो बैंकको व्यवसायको आकार ठुलो छ भने वाणिज्य बैंकको पुँजी कोषमा दबाब, प्रोभिजन र खराब कर्जा बढेको समयमा नाफामा गिरावट आउँछ,’ उनले बैंकिङ्ग समाचारसँग भने ।
एनआईसी एशियालाई ५ विकास बैंकले गरे ओभरटेक
गत आर्थिक वर्षमा एनआईसी एशिया बैंकले १६ करोड १५ लाख ७३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफामा ७६.९६ प्रतिशतको गिरावट आएको हो । एनआईसी एशिया बैंकको नाफामा अत्यधिक गिरावट देखिँदा ५ विकास बैंकको नाफा भने बढेको छ ।
गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साढे ७१ अर्ब बढी नाफा गरेका हुन् । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा वाणिज्य बैंकहरूको खुद नाफा ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार मात्रै थियो ।
एनआईसी एशिया बैंकलाई कामना सेवाले ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकले ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकले ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गर्दै ओभरटेक गरेका हुन् ।
लुम्बिनी विकास बैंकको नाफामा ३०.१२ प्रतिशत घट्दा पनि एनआईसी एशिया बैंकलाई उछिनेको छ । एनआईसी एशिया बैंकले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बढ्दो निष्क्रिय कर्जा, बढ्दो सञ्चालन लागत र गैह्रबैंकिङ्ग सम्पत्ति बढ्दा हुँदा केही समस्या सिर्जना भएको उल्लेख गरेको छ ।
गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साढे ७१ अर्ब बढी नाफा गरेका हुन् । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा वाणिज्य बैंकहरूको खुद नाफा ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार मात्रै थियो ।
यस्तै, सञ्चालनमा रहेका १७ विकास बैंक मध्ये १४ वटा विकास बैंकहले ५ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ८५ करोड ६१ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेका थिए । गत आर्थिक वर्षमा विभिन्न ८ विकास बैंकको नाफा बढेको छ भने ४ बैंकको नाफा घटेको छ ।






About Us
प्रतिक्रिया