युएई पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ 


काठमाडौं – युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान घर भई काठमाडौं महानगरपालिका ५ बस्ने गरेका ३२ वर्षीय मिनराज राना क्षेत्री रहेका छन् । 

उनले २ जनालाई  युएई पठाइदिन्छु भन्दै २ लाख ३० हजार ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं महानगरपालिका –९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।