एक क्लिकमै लाखौँ पैसा कुम्ल्याउने ‘नेप्से एआई’ आतंक

‘नेप्से एआई नामक फिसिङ एपमा पहिलो क्लिक मै २८ लाख गायब’


काठमाडौं – सामाजिक सञ्जालमा आएका विभिन्न थरीका विज्ञापनले कतिसम्म ठगिन पुगिन्छ त्यसको उदाहरणका एक पात्र हुन्, नेप्से १ (परिवर्तित नाम) । छोटो समयमै शेयर बजारबाट हुने लाभबाट आकर्षित उनले आफूले जम्मा गरेर राखेको केही रकम बजारमा लगानी गर्न  चाहेका थिए । तर, उनलाई शेयर बजार सम्बन्धी राम्रो ज्ञान थिएन । त्यसैले गर्दा शेयर बजार सम्बन्धी विषयमा जनकारी लिन उनी लामो समयदेखि गतिलो माध्यमको खोजीमा थिए। 

अनलाइनबाट नै आफूले चाहे अनुसार शेयर कारोबारको ज्ञान लिन पाउने भएपछि उनले के रहेछ भनेर खोज्न चाहे। 

उनको चाहनाअनुसार शेयर बजारमा लगानी गर्न सिकाउने नेप्से एआई नामक एपको विज्ञापन फेसबुकमा भेटे । उनका अनुसार फेसबुक चलाउँदै गर्दा उनले पहिलो पटक शेयर बजारमा कसरी लगानी गर्ने, शेयर कसरी बेच्ने, कसरी खरिद गर्ने, कुन कम्पनीमा  लगानी गर्दा राम्रो हुने भन्ने विषयबारे सिकाउने ‘नेप्से एआई’ नामक एपको विज्ञापन देखे । अनलाइनबाट नै आफूले चाहे अनुसार शेयर कारोबारको ज्ञान लिन पाउने भएपछि उनले के रहेछ भनेर खोज्न चाहे । 

साथै, पटक पटक उनको सामाजिक सञ्जालमा आएको त्यस विज्ञापनले गर्दा उनले नेप्से एआई नामक एपलाई डाउनलोड गरेका थिए । त्यसपछि, शेयर बजार सम्बन्धी जानकारी लिने उद्देश्यले उनले प्लेटफर्म भेटाउने बित्तिकै डाउनलोडका लागि गरिएको पहिलो क्लिकमै भएभरको सबै रकम ‘झ्वाम्म’ भएको थियो ।

‘आफूले सोचे जस्तै गरेर मेरो मोबाइलमा यस एपमा क्लिक गर्ने बित्तिकै डाउनलोड भनेर देखाएको थियो । तर, १ मिनेट जति डाउनलोड भए जस्तो देखाएपछि मोबाइलमा भएको महत्त्वपूर्ण एपहरू, फोटोहरू र मोबाइल बैंकिङ्ग र वालेटमा भएको सम्पूर्ण कुरा गायब भयो ।’ उनले भने, ‘१ मिनेटमा नै मेरो विभिन्न बैंकका खातामा भएको रकम अन्य व्यक्तिहरूको खातामा ट्रान्सफर भयो । त्यसपछि मात्र मैले फिसिङ लिंकमा क्लिक गरेको थाहा पाएँ ।’

नेप्से १ को विभिन्न बैंकमा भएको खाताहरूबाट २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भएको थियो । ‘नयाँ प्रवृत्तिले ठगी गर्नकै लागि उक्त एप बनाइएको रहेछ, तर मैले नेप्सेमा कसरी लगानी गर्ने भनेर सिक्न एप डाउनलोड गरेको थिएँ,’ उनले भने ‘पछिल्ला केही दिनबाट लगातार यस एपको विज्ञापन मेरो फेसबुक, इस्ट ग्राममा आइरहेको थियो । त्यसैले गर्दा मैले पनि यस एपको प्रयोग गर्नका लागि नेप्से एआई एप डाउनलोड गरेको थिएँ ।’  

उक्त अवधिमा उक्त ठग रकम मात्र नभएर यस डिभाइसमा भएको फोटोहरू, महत्त्वपूर्ण फाइलहरू, गुगल अकाउन्टलगायतका

उनले डाउनलोड गर्न खोज्दा डाउनलोड भइरहेको जस्तो देखाएको थियो । तर एप चाहिँ डाउनलोड नभई डिभाइसको सम्पूर्ण डाटा चारी गर्नेमा केन्द्रित बन्यो । सो बैंकहरूमा भएको पैसा उनले उक्त एप डाउनलोड गर्न क्लिक गरेको केही छिनमै अरू व्यक्तिको खातामा ट्रान्सफर भएको उनी बताउँछन् । उनका अनुसार पहिलो पटकको क्लिकमा एपमा रिमोट सेसन खुल्नासाथ उनको मोबाइल स्क्रिन केही समयमै खाली भएको थियो ।

उनको विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रकम अन्यत्र खातामा टान्सफरसँगै मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपसमेत मेटाइएको थियो ।  उनको मोबाइलको स्क्रीनमा ‘डाउनलोडिङ’ भनेर लामो समय देखाएको थियो । उक्त अवधिमा उक्त ठग रकम मात्र नभएर यस डिभाइसमा भएको फोटोहरू, महत्त्वपूर्ण फाइलहरू, गुगल अकाउन्टलगायतका सबै सामग्री मेटिएको थियो ।

आफू नेप्से एआई नामक एपबाट ठगिएको थाहा पाएपछि उनी तुरुन्त केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका थिए । आकर्षक नाफा हुने लोभ देखाई प्रयोगकर्तालाई एप डाउनलोड गर्न लगाइने र त्यसपछि व्यक्तिगत विवरण, बैंक खातासम्बन्धी जानकारी संकलन गरी आर्थिक लाभ उठाउने गरेको प्रहरी जनाएको छ । सुरक्षा निकायका अधिकारीहरूले यस्ता एप तथा अनलाइनमार्फत हुने ठगीविरुद्ध सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै, अनधिकृत एप प्रयोग नगर्न, वैधानिक शेयर दलाल कम्पनीमार्फत मात्र कारोबार गर्न र कुनै पनि अपरिचित एप वा वेबसाइटमा व्यक्तिगत वा वित्तीय विवरण नदिन सुझाव दिएका छन् ।

प्रहरीका अनुसार, यस्तो फिसिङ लिंक तथा एप निर्माण गरी सर्वसाधारणको रकम हत्याउन प्रयोग भएकाले गर्दा ठुलो रकम फस्ने सम्भावना छ । 

नेपालमा पछिल्लो समय शेयर कारोबारसँगै साइबर अपराधका नयाँ रूपमा देखिन थालेको हुँदा यस सम्बन्धमा अझ व्यापक जनचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । एआई नेप्से एप सुरुमा फेसबुक, इन्स्टाग्राम, ट्विटर (एक्स) जस्ता सामाजिक सञ्जालमा एपको डाउनलोड गरेमा शेयर बजारको बारेमा ज्ञान दिने गरेको जस्ता भ्रमित विज्ञापनहरू राखिने गरेको सो विज्ञापनलाई विश्वास गरी एप डाउनलोड गर्नेहरूको रकम र अन्य महत्त्वपूर्ण तथ्यांकहरू सबै ह्याकरले आफ्नो हातमा पर्ने गरेको प्रहरीले जनाएको छ । 

नयाँ प्रविधिको रूपमा ठगी गर्ने सञ्जाल निर्माण गर्ने ठगहरूले पछिल्लो समयमा सर्वसाधारणको रुचि कस्ता विषयतिर गइरहेको मध्यनजर गर्दै बनाएको हुन सक्ने सरोकारवालाहरूको भनाई रहेको छ । प्रहरीका अनुसार, यस्तो फिसिङ लिंक तथा एप निर्माण गरी सर्वसाधारणको रकम हत्याउन प्रयोग भएकाले गर्दा ठुलो रकम फस्ने सम्भावना छ ।