काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से १२ दशमलव ९८ अंकले बढेर २७ सय ६२ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०० कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ३१ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीको लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७.६८ प्रतिशतका दरले गुमाएका छन् ।



About Us
प्रतिक्रिया