काठमाडौं – सर्वसाधारणका लागि बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आज सोमबारदेखि आवेदन खुलेको छ । यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ ।
आम सर्वसाधारणका लागि कम्पनीको कुल १७ लाख १ हजार ५ सय कित्ता आईपीओ खुलेको हो । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत शेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले भदौ १९ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।
अनलाइन प्रणाली मेरो शेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिने छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ रहेको छ ।
यो आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ ।



About Us
प्रतिक्रिया