झापा- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँ, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँ , प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँ , अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।
यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ करोड १० लाख रुपैयाँ , बन्दा चार करोड सात लाख रुपैयाँ , मसुरो दाल दुई करोड १३ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।
सूचना अधिकारी थापाका अनुसार सोही अवधीमा पूर्वी नाकाबाट एक अर्व ६९ करोड १७ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ । आयत हुने मुख्य कृषिजन्य बस्तुहरुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।



About Us
प्रतिक्रिया