बैकिङ्ग समाचार ।
नविल बैंकले साउन १३ गतेदेखि डिजिटल सेवालाई विस्तार गरेको थियो। ‘स्क्यान एन्ड वीड्र’ नामको यो सेवा किफायति र आधुनिक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताएका थिए।
यो सेवा मोबाइल बैंकिङको विस्तार सेवा हो। अर्थात् नविल बैंकको मोबाइल बैंकिङमा थपिएको सेवा यो हो।
मोबाइल बैंकिङ चलाइरहेका ग्राहकहरुले यसअघि विभिन्न ठाउँमा भुक्तानी, ट्रान्सफर जस्ता सुविधा पाउँदै आएका थिए।
अब भने क्यास निकाल्न पाउने सुविधा पनि पाएका छन्।
अहिलेसम्म मोबाइल बैंकिङ भनिएपनि त्यसको काम केही सिमित क्षेत्रमा भुक्तानीमा मात्र प्रयोग हुँदै आइरहेको थियो। जसका कारण कहिलेकाही हार्डक्यास चाहियो भने एटिएम कार्ड कि चेकको प्रयोग हुँदै आएको थियो। यही कार्ड तथा चेकको बिकल्प डिजिटल्ली दिन खोजेको बैंक बताउँछ ।
यो सेवा लिनका लागि ग्राहकले पहिला एपमा लगइन गर्नुपर्छ। त्यसमा स्क्यानर हुन्छ। जसमा क्लिक गर्नेवित्तिकै क्यामेरा खुल्छ। जसबाट काउन्टरमा राखिएको कोड स्क्यान गर्नुपर्छ। त्यसपछि मोबाइल बैंकिङको पासवर्ड र निकाल्न चाहेको रकम हालेपछि सबमिट गर्नुपर्छ।
निकाल्न खोजिएको पैसा खाताबाट काटिन्छ। त्यसरी शाखाबाट पैसा भुक्तानी लिन सकिन्छ।
यो मोबाइल बैंकिङकै सेवा भएकाले यसबाट दिनमा १ लाख रुपैयाँसम्ममात्र झिक्न मिल्छ। नेपाल राष्ट्र बैंकको नियमअनुसार यस्तो अंक तोकिएको शर्माले जानकारी दिए।
शर्माका अनुसार हालका लागि यस्तो सुविधा काठमाडौं उपत्यकाका शाखामाहरु उपलब्ध छ। छिटै देशभरका शाखामा सेवा विस्तार गरिने उनले जानकारी दिए। देशभर नबिल बैंकका ११८ शाखा छन्।





About Us
प्रतिक्रिया