काठमाडौं – मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ सम्मको खुद नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८१/८२ को लागि बस्ने कम्पनीको आगामी चौथो वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया