काठमाडौं – चोरीसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर जिल्ला अदालतले वादी नेपाल सरकार विरुद्ध प्रतिवादी चन्चला भन्ने चेन्तना वैधलाई मिति २०८१ साल माघ ९ गते कैद र जरिवानाको सजाय तोकिएको थियो।
अदालतको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरी थप कारबाहीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ। ५४ वर्षीया वैध भक्तपुर नगरपालिका–२ व्यासी घर भई हाल अन्यत्र बस्दै आएकी थिइन् ।
उनलाई प्रहरीले भक्तपुर नगरपालिका–९ लिवालीबाट पक्राउ गरेको हो। अदालतको फैसलाअनुसार वैधलाई ४ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।






About Us
प्रतिक्रिया