धितोपत्र बोर्डले वरिष्ठ निर्देशकसहितका कर्मचारी माग्यो


काठमाडौं – नेपाल धितोपत्र बोर्डले कर्मचारी माग गरेकाे छ । बाेर्डले ३ जना सहायक निर्देशक र दुईजना वरिष्ठ सहायक निर्देशकका लागि दरखास्त आह्वान गरेकाे हाे ।

तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक नागरिकले आगामी असोज २ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्।

दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म पनि दरखास्त दिन सकिने छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूति गरिने भन्दै बोर्डले आज सूचना निकालेर इच्छुकबाट दरखास्त माग गरेको हो।