पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी किनबेच प्रकरणमा मुछिएका ४ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौं – पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डन देउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुलका ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर भएको हो।