काठमाडौं – राजधानीको दुई ठाउँबाट करिब ११ लाख बराबरको धनमाल चोरी भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठामा चोरी भएको हो ।
उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद १ लाख ७० हजार गरी ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधवार राति चोरी भएको प्रहरीले बताएको छ ।
त्यसैगरी, ललितपुर महानगरपालिका–२५ खोकनामा पनि २ लाख रुपैयाँ चोरी भएको छ । खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट बुधवार दिउँसो २ लाख रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।





About Us
प्रतिक्रिया