काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि स्लोभाकिया लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा ललितपुरका ३१ वर्षीय छबिन्द्र हुमागाईँ रहेका छन् । उनले ३ जनालाई स्लोभाकिया पठाइदिन्छु भन्दै ५ लाख ३१हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
साथै, ललितपुर जिल्ला अदालतको फैसलाले अनुसार उनलाई ६ लाख जरिवाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा २४ हजार असुल गर्न आदेश रहेको प्रहरीले बताएको छ । उनलाई ललितपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ठगी तथा आपराधिक लाभमा १५ लाख बिगो, प्रहरी वृत्त कालीमाटी, काठमाडौंमा बैंकिङ्ग कसुरमा १ लाख ५० हजार बिगो, प्रहरी वृत्त कालीमाटी, काठमाडौंका बैंकिङ्ग कसुरमा १ लाख ३ हजार बिगो र प्रहरी वृत्त महाराजगन्ज, काठमाडौंमा बैंकिङ्ग कसुरको मुद्दा दर्ता भएको खुल्न आएको छ ।





About Us
प्रतिक्रिया