काठमाडौं – जुवा तास खेल्ने र खेलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका– १५ अन्नपूर्ण चोक नजिक सम्पत्ति हारजित हुने गरी जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ९ जनालाई नगदसहित पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका –१५ अन्नपूर्ण चोक नजिक सोमबार साँझ करिब ६ बजे जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट दुई लाख २१ हजार नगद र तासका १० बुक बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ का श्यामकृष्ण महर्जन, ललितपुर महालक्ष्मी नगरपालिका–४ का पूर्णबहादुर थापा, काठमाडौं–२६ का राजेश महर्जन, गुल्मी घर भई काठमाडौं–१५ बस्ने प्रदीप पाण्डे, काठमाडौं–१३ का अमर महर्जन, काठमाडौं–३१ घर भई काठमाडौं–१३ बस्ने गोपाल तण्डुकार, रामेछाप घर भई काठमाडौं–१६ बस्ने खेमबहादुर थापा, काठमाडौं–२४ का सानुकाजी महर्जन र काठमाडौं–१८ घर भई काठमाडौं–१५ बस्ने राजु नापित रहेका छन्।
उनीहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।






About Us
प्रतिक्रिया