काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव १ अंकले बढेर २८ सय १९ दशमलव १० को विन्दुमा कायम भएको छ । आज २३२ कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्सको ५० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै किविएल डिभेन्चर २०८६ का लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले गुमाएका हुन् ।
आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बिहिबार विकास बैंक समूहको शेयर मूल्य मात्रै सर्वाधिक ३.५९ प्रतिशतले बढेको हो । साथै, फाइनान्सको २.१५ प्रतिशत, जीवन बीमा समूहको २.३९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.३८ प्रतिशत, वाणिज्य बैंक समूहको १.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।






About Us
प्रतिक्रिया