प्रि ओपनिङ सेसनमा साढे १५ अंकले बढ्यो नेप्से


काठमाडौं –साताको चौथो कारोबार दिन (बुधवार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलवार ७.८३ अंक बढेर २७ सय ६६ दशमलव ९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.२८ अंक बढेर २७ सय ८१ दशमलव ३७ बिन्दुमा कायम भएको छ ।

बुधवार प्रि ओपन सेसनमा ५२ कम्पनीले कारोबार गर्दा ३४ कम्पनीको शेयर मूल्य बढेकाे छ भने १७ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

यस सेसनमा ९ लाख ५० हजार ७ सय ५६ रुपैयाँको शेयर कारोबार भएको छ ।