काठमाडौं – मर्जरमा गएका बैंक तथा वित्तीय संस्थामा पोस्ट मर्जर सिन्ड्रोम (लक्षण) देखिन थालेको छ । पुँजीवृद्धिको उद्देश्यले ल्याइएको मर्जर नीतिले बैंकहरूमा प्रशासनिक तथा संरचनागत समस्या देखिन थालेका छन् । यसले बैंकहरूको वित्तीय स्वास्थ्यमा समेत असर देखा पर्ने जानकारहरू बताउँछन् । मर्जरपछि बैंकहरूमा देखिएको मुख्य समस्या हो, कर्मचारीहरूबीच व्यवस्थापनले गर्ने विभेद । मर्जरमा गएका बैंकहरूले आफ्ना कर्मचारीलाई विभेद गर्दै आएको गुनासो बढ्न थालेको छ । मर्जरमा गएपछि बनेको व्यवस्थापनबाट नै कर्मचारी दुई दर्जामा बाँडेर विभेद गरिएको भन्दै नेपाल राष्ट्र बैंकमा गुनासो पुग्ने गरेका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरमा पोस्ट मर्जर सिन्ड्रोम देखिन थालेको बताएका छन् । उनले केही समयअघि सार्वजनिक फोरम मै यस्तो विषय उठान गरेका थिए । ‘एकथरिका कर्मचारीहरू नेपाल राष्ट्र बैंकमा आएर हामीलाई अपहेलना भयो, मर्जरले दोस्रो दर्जाका कर्मचारी भयौँ भन्दै विगतमा बैंक तथा वित्तीय संस्था मर्जर भएका कर्मचारीहरूले गुनासो गर्नुहुन्छ,’ डेपुटी गभर्नर मिश्रले भने ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरमा पोस्ट मर्जर सिन्ड्रोम देखिन थालेको बताएका छन्।
नेपाल राष्ट्र बैंककका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले ‘बिग मर्जर’ को योजना अघि सारेका थिए । त्यो समयमा केन्द्रीय बैंकले मर्जरलाई प्रोत्साहन गर्न सेवा र सुविधा पनि दिएको थियो । सोही सुविधा प्रयोग गरेर नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्यो र २०७९ असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्याे । कुमारी बैंकले एनसीसीलाई मर्ज गरेर २०७९ पुस १७ गतेबाट कारोबार सुरु ग¥यो । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार २०७९ पुस २५ गते भयो । २०७९ पुस २६ गते प्रभु बैंक र सेन्चुरी बैंकबीच गाभिने सम्झौता भयो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले २०७९ पुस २७ को एकीकृत कारोबार सुरु गरे । साथै, हिमालयन र सिभिल बैंकले २०७९ फागुन १२ गते हिमालयन बैंकको नामबाट कारोबार सुरु गरे । यता, लक्ष्मी बैंक र सनराइज बैंक मिलेर २०८० असार २९ देखि लक्ष्मी सनराइजको नामबाट एकीकृत कारोबार सुरु गरे । यी सात बैंकहरूले गाभिने र गाभ्ने नीति लिएपछि वाणिज्य बैंकको संख्या २० मा कायम भयो । यी सात वाणिज्य बैंक तत्कालिन गभर्नर नेपालको फोर्स मर्जरमा गएपनि पहिलेदेखि नै विभिन्न बैंक तथा वित्तीय संस्था मर्जरमा गई एकीकृत कारोबार गर्दै आइरहेका थिए ।
मर्जरले घटे कर्मचारी
बैंकहरु आपसमा मर्जरमा जाँदा बैंकमा काम गने कर्मचारीहरूको संख्या घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा काम गर्नेहरुको संख्या अघिल्लो वर्षको तुलनामा २ हजारले घटेको छ । संघको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१ असारसम्ममा वाणिज्य बैंकहरूमा ४१ हजार ८१९ जना कर्मचारी कार्यररत छन् । अघिल्लो आर्थिक वर्ष ०७९÷८० मा भने ४४ हजार ९६२ जना कार्यररत थिए ।
यस्तै, मर्जमा गएको बैंक नबिल बैंकमा आर्थिक वर्ष ०८१ असारसम्ममा २ हजार ३८९ जना कर्मचारी छन् । २०८० असार अन्तिमसम्ममा भने २ हजार ४८० जना रहेका थिए । यस्तै, कुमारी बैंकमा हाल २ हजार ९८८ जना कार्यररत छन् भने ०८० असार मसान्तसम्ममा ३ हजार २९५ जना कार्यरत थिए । साथै, ०८० असार मसान्तसम्म ४ हजार २३६ जना कर्मचारी रहेको ग्लोबल आईएमई बैंकमा हाल ३ हजार ३७ जना कार्यरत छन् ।
यस्तै, प्रभु बैंकमा काम गर्नेहरु पनि घटेका छन् । ०८० असार मसान्तसम्ममा ४ हजार ४२२ जना कार्यररत रहेको बैंक प्रभुमा हाल ३ हजार १५८ जना कार्यररत छन् । साथै, हिमालयन बैंकको ०८० हसार मसान्तसम्म २ हजार ७८२ रहेको कर्मचारी संख्या ०८१ असारसम्म १ हजार ८३९ रहेको छ । लक्ष्मी सनराइज बैंकको पनि कर्मचारी संख्या घटेको छ । बैंकको कर्मचारी संख्या ०८१ असार मसान्तसम्म २ हजार ९१ छ भने ०८० असार मसान्तमा ३ हजार ८० जना कार्यररत थिए । यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा भने मर्जरपछि कर्मचारीको संख्या बढेको छ । ०८० असारसम्म ३ हजार २ सय रहेको कर्मचारी संख्या बढेर ३ हजार १३२ पुगेको हो । नेपाल बैकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा मर्जरले बैंकमा काम गर्ने कर्मचारी घटेको बताउँछन् । शाखा मर्ज हुँदा कर्मचारी पनि समायोजन भएको उनको भनाइ छ ।
घट्दो छ मर्जरमा गएका बैंकको रिटर्न क्षमता
मर्जरमा गएका बैंकहरूको विभिन्न सूचक सकारात्मक देखिए पनि रिटर्न क्षमता भने खुम्चिएको छ । मर्जरमा गएका धेरैजसो बैंकहरू लगानीकर्तालाई लाभांश दिन नसक्ने स्थितिमा छन् । मर्जरमा गएका बैंकहरुहरु बैंकहरुको प्रतिशेयर आम्दानी (ईपीएस) कमी आएको हो । नबिल बैंकको २४.८९ रुपैयाँ रहेको छ । ग्लोबल आईएमई बैंकको प्रतिसेयर आम्दानी २०८१ चैतसम्म १५.८६ रुपैयाँ छ । प्रभु बैंक १०.६३ रुपैयाँ रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.७४ पुगेको छ । हिमालयन बैंक ३.०८ रुपैयाँ र लक्ष्मी सनराइज बैंकको ९.६० रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्थामा पोस्ट मर्जर सिन्ड्रोम देखिनु सामान्य रुपले लिनुपर्ने यस क्षेत्रका विज्ञहरू बताउँछन् ।
कुमारी बैंकको प्रतिशेयर आम्दानी १.४५ रुपैयाँ मात्रै छ । मर्जरमा गएका कतिपय बैंक लाभांश दिन नसक्ने स्थितिमा समेत छन्। आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमाससम्ममा लाभांश बाँड्न नसक्ने बैंकको सूचीमा मर्जरमा गएका बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, हिमालयन बैंक र कुमारी बैंक रहेका छन् । यी बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक भएका कारण उनीहरूले लाभांश वितरण गर्न पाउने छैनन् ।
किन देखिन्छ पोस्ट मर्जर सिन्ड्रोम ?
बैंक तथा वित्तीय संस्थामा पोस्ट मर्जर सिन्ड्रोम देखिनु सामान्य रुपले लिनुपर्ने यस क्षेत्रका विज्ञहरू बताउँछन् । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल फरक–फरक संस्थाका कर्मचारी एकै संस्थामा समायोजन हुँदा सोचाई फरक हुने हुँदा यस्ता किसिमका समस्या सिर्जना हुने गरेको बताउँछन् । मर्जरमा गएका बैंकहरूमा पोस्ट मर्जर सिन्ड्रोम देखिँदा बैंकहरुको ‘पफर्मेन्स’ समेत घट्ने उनी बताउँछन् । उनले विशेषगरी मर्जरमा गएका बैंकमध्ये पनि साना बैंकलाई ठूला बैंकका कर्मचारीले दावाव दिने गरेको बताए । उनले मर्जरमा बैंकहरुको निष्क्रिृय कर्जा बढ्दै जाँदा ‘लोन लस प्रोभिजन’ बढी गर्दा लाभांश वितरण गर्न नसकेको उल्लेख गरे ।






About Us
प्रतिक्रिया