काठमाडौ – साताको पहिलो कारोबार दिन आइतवार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५४ अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९ दशमलव २२ अंक घटेर २७ सय ५७ दशमलव ९७ विन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा ३.५४ अंक घटेर २७ सय ५४ दशमलव ४३ बिन्दुमा पुगेको छ।
यस प्रि ओपन सेसनमा ३७ कम्पनीले कारोबार गर्दा १० कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ । यससँगै ३७ कम्पनीले ६ लाख ७६ हजार ६ सय ९१ कित्ता शेयर किन बेच गरेका छन् ।



About Us
प्रतिक्रिया