काठमाडौं – माबिलुङ इनर्जीले आज भदौ ८ गते आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले साउन २६ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरले जारी गरेकाे आईपीओमा १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।
कुल १२ लाख ४८ हजार ९०४ कित्ता शेयर बिक्री खुला गरेको थियो। जसमा २२ लाख ५ हजार ८७१ आवेदकबाट कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयर माग भएको थियो।
आवेदकमध्ये २१ लाख ९७ हजार ५८२ जनाबाट माग भएको २ करोड ४४ लाख १२ हजार १७० कित्ता शेयर सदर हुँदा बाँकी ८ हजार २८९ जनाबाट माग भएको १ लाख ३६० कित्ता शेयर बदर भएको थियो। मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोला प्रथाबाट बाँडफाँट गरिएको छ।
सो आईपीओ को नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको मेरो शेयरमा गएर हेर्न सकिनेछ।






About Us
प्रतिक्रिया