एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व


बागमती – हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा तीन करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत एक करोड ३३ लाख ८८ हजार रुपैयाँ , सम्पत्ति कर ४५ लाख ९९ हजार रुपैयाँ , घरबहाल कर ६५ लाख २० हजार रुपैयाँ , बहाल बिटोरी कर १६ लाख ४५ हजार रुपैयाँ , व्यवसाय कर ४१ लाख १७ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफत बापत दुई लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा एक करोड रुपैयाँले कम हो ।

आव २०८१/८२ मा सम्पत्ति कर एक करोड ४४ लाख, ८५ हजार रुपैयाँ , पूर्वाधार सेवाको उपयोग बापत एक करोड १८ लाख ७५ हजार रुपैयाँ , घरबहाल कर ५० लाख ६५ हजार रुपैयाँ , सिफारिस दस्तुर ३३ लाख ४० हजार रुपैयाँ , बहाल बिटोरी कर १८ लाख ७८ हजार रुपैयाँ , व्यवसाय कर ४१ लाख २१ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबापत पाँच लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।