काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजार सम्बन्धी जानकारी दिने उद्येश्यले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। नेप्सेले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
यस कार्यक्रम अन्तर्गत नेप्सेले स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै नेप्सेसँग सम्बन्धित पूँजी बजारका निकाय तथा प्रणालीका बारेमा जानकारी प्रदान कार्यक्रम निःशुल्क गर्न लागेको हो ।
उक्त कार्यक्रममा आफ्ना विद्यार्थीलाई सहभागी गराउन चाहने शिक्षण संस्थाले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा नाम, ठेगाना तथा विद्यार्थी सङ्ख्या सहित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।



About Us
प्रतिक्रिया