काठमाडौं – काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका– २ सानोभर्याङ बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका– ९ घर भएका २७ वर्षीय सन्जिव राईलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।
नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ एसिस्टेन्ट (एचए) विषयमा अध्ययन गर्नको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाली दिने विश्वास दिलाई पीडितबाट १ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका– ७ चाबहिलबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया