काठमाडौं – नेपाल प्रहरीले एक वर्षमै जरिवाना तथा शुल्कबाट ६ अर्ब ६६ करोड ९ लाख रुपैयाँ राजस्व उठाएको छ । यो एउटा महानगरपालिकाको बजेट हाराहारीको रकम हो । पोखरा महानगरपालिकाले गएको आर्थिक वर्ष ०८१/८२ मा ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रहरीले उठाउने जरिवानाबापतको राजस्व पोखराको बजेट हाराहारीकै छ ।
यसैगरी, आर्थिक वर्ष ०८१/८२ मा प्रहरीले ६ अर्ब ६६ करोड ९ लाख गैह्रकर राजस्व उठाइ सकेको प्रहरीले जनाएको छ । विगत चार वर्षमा प्रहरीले वार्षिक औषत चार अर्बभन्दा बढी गैह्रकर राजस्व उठाउँदै आएको छ । सरकारको गैह्रकर राजस्व संकलन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा बढेको देखिएको हो । प्रहरीका अनुसार विशेष गरी ट्राफिक नियम उल्लङ्घनबाट असुल गरिएको जरिवाना, अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र अवैध सुन बरामदबाट गैह्रकर राजस्व बढी उठ्ने गरेको छ ।
गैह्रकर राजस्व वृद्धिले सरकारको आम्दानी बढ्ने गर्छ, तर यसरी उठ्ने गरेको सबै रकम दण्ड जरिवाना र नियम उल्लङ्घनबाट आउने गरेको भएकाले गैह्रकरले राजस्व संकलनमा योगदान गरेको अर्थ मन्त्रालयले जनाएको छ। सरकारलाई प्राप्त हुने एक स्रोतका रूपमा गैह्रकर राजस्व कर देखिएको सरोकारवालाको भनाइ रहेको छ । यसले सरकारको तात्कालिक खर्च धान्न सहायता गरे पनि दीर्घकालीन आर्थिक स्थायित्वका लागि कर प्रणाली सुदृढ गर्नु अपरिहार्य छ ।
यस्तै, प्रहरीको तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा प्रहरीले उठाउने राजस्वको रकममा वर्षिनि वृद्धि भइरहेको छ ।
यस्तै, प्रहरीको तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा प्रहरीले उठाउने राजस्वको रकममा वर्षिनि वृद्धि भइरहेकोे छ । प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार प्रहरीले अवैध सुन बरामद, अवैध चादीँ बरामद, स्रोत नखुलेको रकम बरामद, हुण्डी कारोबार, अवैध मुद्रा बरामद, अवैध मालसमान बरामद, अवैध नदिजन्य प्रर्दाथ उत्खनन, अदालती फैसला कार्यान्वयन, अवैध काठ बरामद, अवैध पशुपंछी र ट्राफिक प्रहरीको कारबाही जस्ता शीर्षकहरू गैह्रकर राजस्व संकलन गरेको छ ।
नेपालमा पछिल्लो समयमा अवैध भनिएको नोटहरूको प्रयोग, किप्टोकरेन्सीमा लगानी, हुण्डी कारोबार, चोरी, ठगी, जस्ता अपराधिक क्रियाकिलाप बढ्दै जादाँ प्रहरीले उठाउने गरेको राजस्व पनि बढ्दै गइरहेको प्रहरीले बताएको छ । पछिल्लो चार आवमा अवैध मालसमान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक प्रहरीको कारबाहीबाट प्रहरीले सबै भन्दा बढी राजस्व संकलन गरेको प्रहरीको तथ्यले जनाएको छ । प्रहरीले उठाएको गैह्रकर राजस्वको अवस्था हेर्दा नेपालमा पछिल्लो समयमा दण्डनीय अपराध गर्नेहरूको संख्या तिव्र रुपमा बढ्न थालेको देखिएको छ ।

जरिवाना बापतको राजस्वमा एक वर्षको अवधिमा ४ अर्ब भन्दा बढी उठ्नु नेपालमा आपराधिक गतिविधि बढ्दै गइरहेको संकेत हो । छोटो समयमा बढी रकम कमाउने अभिप्रायले अपराध गर्न तर्फ आकर्षित हुने गरेको अवस्था मुलुकमा देखिन थालेको छ । प्रहरीको तथ्यांक अनुसार आव ०७८/७९ र आव ०७९/८० मा भन्दा आव ०८०/८१ मा आपराधिक घटनाहरूमा वृद्धि भएको छ। उक्त आवमा मात्र प्रहरीले उठाउने गरेको गैह्रकर राजस्व ४ अर्ब भन्दा बढीले बढेको प्रहरीको तथ्यले खुलाएको छ । प्रहरीले आव ०७८/०७९ मा ४ अर्ब २६ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको गैह्रकर राजस्व संकलन गरेको थियो भने आव ०७९/८० मा ४ अर्ब ९६ करोड ६६ लाखको बराबरको राजस्व संकलन गरेको थियो ।
उक्त आवमा मात्र प्रहरीले उठाउने गरेको गैह्रकर राजस्व ४ अर्ब भन्दा बढीले बढेको प्रहरीको तथ्यले खुलाएको छ ।
त्यस्तै, आव ०८०/८१ मा प्रहरीबाट उठ्ने राजस्वको रकम ह्वात्तै बढेर ८ अर्ब ६३ लाख रुपैयाँ संकलन भएको प्रहरीले जनाएको छ । प्रहरीले गत वर्षहरूमा जस्तै यस वर्ष पनि गैह्रकर राजस्व संकलन तीव्र रूपले गरेको छ । आव २०८१/२०८२ मा प्रहरीले ६ अर्ब ६६ करोड ९ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको थियो । यद्यपि यो गैह्रकर राजस्व आव २०८०/२०८१ को तुलनामा भने कम हो ।





About Us
प्रतिक्रिया