बैंकिङ समाचार,काठमाडौं ।
सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
नेपाल र भारतका बीचमा सन २०१४ मै विद्युत व्यापार सम्झौता भएको थियो ।
नेपाल र भारतका बीचमा सन २०१४ मै विद्युत व्यापार सम्झौता भएको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै भएको भारत भ्रमणका क्रममा नेपालको विद्युत बंगलादेश लैजान दिने विषयमा भारतसँग प्रस्ताव गरिएको थियो ।
यस प्रस्तावमा भारत सकारात्मक रहेको र छिट्टै त्रिदेशीय सम्झौता हुने प्रधानमन्त्री प्रचण्डले भारतीय समक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बताएका थिए ।
प्रतिक्रिया