नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सिमित

'वाणिज्य बैंक समूहको शेयर मूल्यमा ०.०६ प्रतिशतकाे गिरावट'


काठमाडौं – साताको चौथो कारोबारको दिन शेयर बजार एकोहोरो अंकले घटेर बन्द भएको छ। आज बुधवार शेयर बजार नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक ५ दशमलव ९१ अंकले घटेर बजार २७ सय ७० दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ।

आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ५२ लाख ६३ हजार ८५७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड बढी शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.३ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.०६ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, फाइनान्स समूहको ०.४६ प्रतिशतले शेयर मूल्य घटेको छ ।