युनाइडेट अजोड इन्स्योरेन्सको सिईओमा रावल नियुक्त

युनाइडेट अजोड इन्स्योरेन्सको सिईओमा रावल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं । 

युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण कुमार (एसके) रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले आज रावललाई अनुमति दिने निर्णय गरेको छ ।

केही समयअघि आईएमई जनरल इन्स्योरेन्ससँग मर्जरमा गएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ तथा हाल जिआईसी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ रावल मर्जरपछि बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीकोे सिईओमा नियुक्त भएका हुन् ।

नयाँ बनेको कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्त सिफारिस गरेपछि स्वीकृतिको लागि बीमाम प्राधिकरणमा पुगेको फाइल आज स्वीकृत भएको हो । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै अब रावल युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सिईओ बनेका छन् । यद्यपि कम्पनीले औपचारिक रुपमा नियुक्तीको पत्र दिन भने बाँकी छ ।