करका दर हेरफेर आफैँले गरेको अर्थमन्त्री महतको दाबी

करका दर हेरफेर आफैँले गरेको अर्थमन्त्री महतको दाबी


बैंकिङ समाचार,काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् । मंगलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको दाबी गरेका हुन् । 

उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गरे। उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए। त्यस्तै, अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको दाबी गरे। उनले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गरेका छन् ।