नेप्से परिसूचकमा झिनो वृद्धि, कारोबार पाँच अर्बमा सीमित

‘बैंकिङ्ग समूहमा ०.५७ प्रतिशतको वृद्धि’


काठमाडौं – साताको तेस्रो कारोबारको दिन शेयर बजार एकोहोरो अंकले बढेर बन्द भएको छ। आज मंगलवार शेयर बजार नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ७६ अंकले बढेर बजार २७ सय ८० दशमलव १५ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता आसपास शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड बढी शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ७२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सान्भि इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्टका बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.१४ प्रतिशतका दरले गुमाएका हुन् ।

आज होटल्स तथा टुरिज्मबाहेकका सबै इन्डेक्सहरुमा सामान्य बढेका छन् । बैंकिङ्ग इन्डेक्स ०.५७ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत, म्यानुफाक्चरीङ इन्डेक्स ०.५२ प्रतिशतले वृद्धि भएका छन्।