स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 


काठमाडौं –  स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ ३० गते अन्तिम दिन रहेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरेको हो।  

कम्पनीले कुल २ लाख ३१ हजार कित्ता शेयर निष्कासनको अनुमति पाएकोमा पहिलो चरणमा कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरी कुल ३५ हजार ८०५ कित्ता शेयर निष्कासन गरिसकेको छ। 

अब बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ । उक्त, आईपीओमा आवेदनकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता शेयरका लागि आज बैंकिङ्ग समय भित्र आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले रहेको छ।