वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको घर भई काठमाडौं महानगरपालिका– १६ बस्ने ४२  वर्षीय लुङ बहादुर महरा रहेका छन् । उनले एक जनालाई वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी ठगी गरेको प्रहरीले जनाएको छ। 

उनलाई  काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ  ।