शेयर लगानीकर्ताहरुले गरे सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी

शेयर लगानीकर्ताहरुले गरे सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी


बैंकिङ समाचार,काठमाडौं ।

बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।
आन्दोलनरत लगानीकर्ताहरुले आज बिहानैबाट काठमाण्डौका ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न खटिएका थिए । 

आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन् । उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ । यसअघिको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ । 

त्यस्तै,कुनै ब्रोकरले ताला खोलेमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वंयम हुने लगानीकर्ताहरुको चेतावनी पनि रहेको छ ।