कृषि तथा पशु बीमाको प्रिमियम अनुदानमा कटौती

कृषि तथा पशु बीमाको प्रिमियम अनुदानमा कटौती


बैंकिङ्ग समाचार,काठमाडौं । 

सरकारले कृषि तथा पशु बीमाको प्रिमियम अनुदानमा कटौती गरेको छ ।  सरकारले विगत एक दशकदेखि दिदै आएको  कृषि तथा पशु बीमाको प्रिमियम अनुदानमा कटौती गरेको हो । 

अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा २ लाख भन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियम अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अब नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुधन बीमाको प्रिमियम अनुदानको छुट्टै कार्यविधि बनाउने छ । 

यस्तो गर्दा अहिले ८० प्रतिशत अनुदान पाउदै आएकोमा अव सम्भव छैन। ठुला कम्पनीले कृषि तथा पशु बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा प्राधिकरणले यस वर्ष ७ वटा लघु बीमा कम्पनीको लाइसेन्स जारी गरेको छ । तर सरकारले लाइसेन्स जारी गरेकै वर्ष सरकारले यस्तो बीमाको प्रिमियममा दिदै आएको अनुदानमा भने भारी कटौती गर्ने निर्णय गरेको छ । कार्यविधि बनाएर अनुदान दिए व्यवस्था गरे सँगै अव यस्तो अनुदन पहुँचवाला किसानले मात्रै पाउने जोखिम बढेको छ ।