नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार

‘बैंकिङ्ग समूहमा १३ दशमलव ५९ अंकको गिरावट’


काठमाडौं – साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेर  बन्द भएको छ । आज  आइतबार शेयर बजार नेपाल स्टक एक्चेञ्ज (नेप्से) परिसूचक २५ दशमलव ७० अंकले घटेर बजार २७ सय ६२ दशमलव ६६ को विन्दुमा कायम भएको छ । आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३१७ कम्पनीको २ करोड ५ लाख  कित्ता आसपास शेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड बढी शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड ६७ रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड –१ का लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.९३ प्रतिशतका दरले कमाएका छन्। आज सम्पदा लघुवित्त वित्तीय संस्थाका  लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.०६ प्रतिशतका दरले गुमाएका हुन् ।