पूर्वको खोटाङदेखि पश्चिमको डडेल्धुरासम्म नबिल बैंकले एकैसाथ खोल्यो ३८ नयाँ शाखा 

पूर्वको खोटाङदेखि पश्चिमको डडेल्धुरासम्म नबिल बैंकले एकैसाथ खोल्यो ३८ नयाँ शाखा 


बैंकिङ्ग समाचार,काठमाडौं ।

नबिल बैंकले आज एकैसाथ पूर्वको खोटाङ देखि डडेल्धुरासम्म ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशभर सातै प्रदेशमा ३८ वटा नयाँ शाखाको उद्घाटन गरेको हो ।

\"\"

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ्ग सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा १, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा नयाँ शाखा सञ्चालनको उद्घाटन गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले ८ वटा र बैंकका संचालक निर्वाण चौधरीले ८ वटा शाखाहरु उद्घाटन गरेका छन् । त्यस्तै, बैंकका संचालक आशा राणा अधिकारीले थप ८ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरे ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकका अनुसार वि.सं.२०७६ असारसम्म ७९ वटा शाखा कार्यालय थिए । यस्तै, वि.सं.२०७७ असारसम्म ११८ वटा, वि.सं.२०७८ असारमा १३५ वटा, वि.सं.२०७९ असारमा २३१ वटा र आजबाट ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । 

 

\"\"

आज उद्घाटन गरिएका शाखाहरू

कोशी प्रदेशको खोटाङको दिक्तेलमा नयाँ शाखा विस्तार गरेको हो । 
 त्यस्तै मधेश प्रदेशको पर्साको विरगंज बाइपासमा, रौतहटको गरुडामा,बाराको कलैयामा,महोत्तरीको गौशालामा, सर्लाहीको वरथहवा र लालबन्दीमा,सप्तरीको कञ्चनपुरमा, महोत्तरीको जलेश्वरमा गरी ८ वटा नयाँ शाखा विस्तार गरको हो ।

त्यस्तै बागमती प्रदेशको ललितपुरको प्रयाग पोखरी र चापागाउँमा, काठमाडौँको नरेफाँट, भेडासिंह लाजिम्पाट, वनस्थली, मच्छेगाँउ, बल्खु, नैकाप, फर्पिङ, बौद्ध रामहिटीमा, धादिङको धादिङबेसीमा र ,भक्तपुर ठिमीमा गरी १३ वटा नयाँ शाखा विस्तार गरको हो । 

त्यस्तै गण्डकी प्रदेशको बाग्लुङको गल्कोट, तनहुँको आबु खैरेनी कास्कीको अर्चलबोटमा गरी ३ वटा नयाँ शाखा विस्तार गरको हो ।

त्यस्तै लुम्बिनी प्रदेशको रुपन्देहीको लुम्बिनी, फर्साटिकर र सुखानगरमा, कपिलवस्तुको तौलिहवा, बाणगंगामा, नवलपरासी पश्चिमको रामग्राममा, बर्दियाको गुलरिया, गुल्मीको तम्घासमा,बाँकेको भानुभक्त चोक न्युरोडमा, दाङको नारायणपुरमा गरी १० वटा नयाँ शाखा विस्तार गरेको हो ।
कर्णाली प्रदेशको जुम्ला चन्दननाथमा पनि शाखा विस्तार भएको छ । 

त्यस्तै सुदूरपश्चिम प्रदेशको कैलाली बोराडाँडी र डडेल्धुराको अमरगडीमा गरी २ ठाउँमा नयाँ शाखा विस्तारको छ । 

नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुजित शाक्यले बैंकको डिजिटल विस्तारसँगै भौतिक उपस्थिती पनि आवश्यक रहेको बताएका छन् । बिहीबार ३८ वटा नयाँ शाखा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले बैंकको डिजिटलसँगै भौतिक विस्तारमा जोड दिएको बताएका हुन् । ‘नेपाल बङ्गलादेश बैंक (एनबि)लाई प्राप्ति गरेपछि दोहोरिएको शाखामध्ये कतिपय गाभेको र कतिपय नयाँ बजार खोजेर ३८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो, बैंकले डिजिटलसँगै भौतिक शाखा विस्तारमा जोड दिएको छ, बैंकको पहुँच नपुगेको क्षेत्रमा विस्तार गर्न जरुरी थियो, पूर्वमा खोटाङको दिक्तेलदेखि डडेल्धुराको अमरगढीसम्म शाखा विस्तार गरेको छ,’ उनले भने । 

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ । मुलुककै अग्रणी बैंक मध्येको नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकि आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ ।
नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । 

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"