डिस मिडिया नेटवर्कलाई डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्रदान

डिस मिडिया नेटवर्कलाई डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्रदान


बैंकिङ समाचार,काठमाडौं । 

नेपालमा डीटीएच सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्टेन्डर रिर्सचले हालै डिस मिडिया नेटवर्कलाई आइएसओ ९००१ः२०१५ प्रदान गरेको हो ।

कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मूल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी अमेरिको क्वालिटी स्टेन्डर रिर्सचले हालै डिस मिडिया नेटवर्कलाई आइएसओ प्रमाणीकरण प्रदान गरेको हो । 
स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरिरहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।

नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशैभरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दा नै कम्पनीले आइएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ । अवको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरी कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।