काठमाडौं – वैदेशिक रोजगार ठगीको अभियोगमा फरार रहेका प्रकाश भट्टराईलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । जिल्ला स्याङ्जा, गल्याङ नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बसोबास गर्दै आएका ४२ वर्षीय भट्टराईलाई प्रहरीले लुकीछिपी बसिरहेको अवस्थामा फेला पारेको हो।
विष्णु प्रसाद खनालको जाहेरीका आधारमा दायर मुद्दामा वादी नेपाल सरकार र प्रतिवादी प्रकाश भट्टराई रहेका थिए। भट्टराईलाई २०७९ सालतिर वैदेशिक रोजगारीको नाममा २ जनासँग गरी ७ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा खोजी भइरहेको थियो।
प्रहरीले भट्टराईलाई मिति २०८२ साउन २९ गते काठमाडौं महानगरपालिका–३१ बानेश्वर क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया